सर्लाहीमा भोलिदेखि निषेधाज्ञा

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १६:२२

सर्लाही । सर्लाहीमा भोलि बुधवारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भोलिदेखि बिहान ६ बजेदेखि लागू हुने गरी विषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा भोलिदेखि ७ दिनसम्म लागू हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*