सरकारी कार्यालयमा बम विस्फोट गराउने अभियुक्त ९ वर्षपछि पक्राउ

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १६:०८
सांकेतिक तस्बिरः गुगलबाट

बाँके । बाँके प्रहरीले सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषीलाई ९ वर्षपछि पक्राउ गरेको छ ।

मालपोत, भूमि सुधारलगायत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनका अनुसार १४  मंसिर २०६८ मा भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते ६–६ महिना कैद र ५–५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

सरकारी कार्यालयबाहेक अन्य विस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।

६ चैत २०६८ साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले १८ माघ २०७२ मा ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*