कोरोना अपडेट– कर्णाली प्रदेशमा १३ जना डिस्चार्ज

तु खबर संवाददाता
२०७७ श्रावण २०,मंगलवार १६:००

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भई १३ जना डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार, मंगलबार प्रदेशबाट संक्रमण मुक्त भई १३ जना डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ७४१ जना पुगेको छ ।

कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ९४५ जना पुगेको छ । संक्रमितमध्ये हाल १९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*