मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७७ श्रावण १९,सोमबार १८:०९
file-photo

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा २२ देखि ५२ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् ।

मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*