हेटौंडा प्रयोगशालामा कोरोना परीक्षणको लागि १३ हजार ८ सय ५ जनाको स्वाब प्राप्त
मकवानपुर । किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा साढे १३ हजारभन्दा बढीको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको छ ।
प्रयोगशालामा आइतवारसम्म १३ हजार ८ सय ५ जनाको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रयोगशालामा प्राप्त स्वाबमध्ये अधिकांशको कोरोना परीक्षण भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
डा. सेढाईका अनुसार, हेटौंडा प्रयोगशालामा आइतवार नमुना परीक्षणको लागि १६१ जनाको स्वाब परीक्षण भएकोमा ७४ जनाको परीक्षण भएको जनाइएको छ । परीक्षण भएकामध्ये ६ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
मन्त्रालयका अनुसार, प्राप्त भएका स्वाबमध्ये ८७ जनाको नमुना परीक्षण हुने क्रममा रहेका छन् ।