एसईईको नतिजा विद्यालयले नै सार्वजनिक गर्ने तयारी

तु खबर संवाददाता
२०७७ श्रावण १९,सोमबार १५:३०
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा विद्यालयलयलाई नै सार्वजनिक गर्न दिने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित यस वर्षको एसईई परीक्षा विद्यालयले गरेको मूल्याङ्कनको आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो ।

विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले पठाएको प्रमाणित डाटाको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर विद्यालयलाई नै नतिजा सार्वजकि गर्न दिने विषयमा छलफल भइरहेको बोर्डका एक सदस्यले जानकारी दिए ।

एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सहभागी छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*