करेन्ट लागेर दाजुभाइको मृत्यु, बाबु घाइते

तु खबर संवाददाता
२०७७ श्रावण १९,सोमबार १५:०७

दाङ । दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । करेन्ट लागेर घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार, आज मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युतमा परेर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको हो ।

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका तिनका ३७ वर्षीय बुबा दिलबहादुरलाई पनि करेन्ट लाग्दा घाइते भएका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*