दुर्घटनाबाट मोरटसाइकल चालक शेर्पाको मृत्यु

तु खबर संवाददाता
२०७७ श्रावण १९,सोमबार १४:५७

काठमाडौं । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मो. चालक चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका शेर्पाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*