नेपालमा कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुग्यो, कुन जिल्लामा कति ?

तु खबर संवाददाता
२०७७ श्रावण १७,शनिबार १६:४५

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमण निको भई डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ४९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै संक्रमण निको हुनेको संख्या १४ हजार ४९२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, हालसम्म प्रदेश नम्बर १ मा ८५६ जना, प्रदेश नम्बर २ मा ३ हजार १४९ जना, बागमती प्रदेशमा ५३२ जना, गण्डकी प्रदेशमा १ हजार २५६ जना, प्रदेश नम्बर ५ मा ३ हजार ९७१ जना, कर्णाली प्रदेशमा १ हजार ७१८ जना र सुदुरपश्चिम प्रदेशमा १ हजार १० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा ५ हजार ३३८ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै नेपालमा संक्रमण निको हुनेको संख्या १४ हजार ४९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*