थप ३१५ जना कोरोना संक्रमण पुष्टि, कूल संख्या २० हजार नाघ्यो

तु खबर संवाददाता
२०७७ श्रावण १७,शनिबार १६:३४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा ५ हजार ३३८ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । हालसम्म कोरोना संक्रमितको कूल संख्या २० हजार ८६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै नेपालमा संक्रमण निको हुनेको संख्या १४ हजार ४९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*