कार्यकक्षमै कुटिए उपसचिव प्रेमप्रसाद सञ्जेल

तु खबर संवाददाता
२०७७ श्रावण १७,शनिबार १५:३०

काठमाडौँ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यलयमै कुटपिट भएको छ ।

भ्रष्टाचार विरुद्धको अभियानमा लागेका उपसचिव सञ्जेलमाथि आज शनिवार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

कुटपिटामा संलग्न भएको आरोपमा प्रहरीले २ जना महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

उनीहरु दुबै करारका कर्मचारी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*