गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ श्रावण १७,शनिबार ०९:२४
file photo

गुल्मी । गुल्मीमा शुक्रवार राति अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

मृतक सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए ।

सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*