नेपालमा कोरोना संक्रमणको आशंकामा एकैदिन १० हजारभन्दा बढीको पीसीआर परीक्षण

तु खबर संवाददाता
२०७७ श्रावण १६,शुक्रबार १८:१८

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा शुक्रबार एकैदिन १० हजारभन्दा बढीको पीसीआर विधिबाट नमुना परीरक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पीसीआर परीक्षण गरेको जानकारी गराएका हुन् । यो एकैदिन गरिएको ठूलो परीक्षण संख्या हो ।

योसँगै हालसम्म पीसीआर विधिबाट ३ लाख ७५ हजार ४ सय १६ जनाको नमुना परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए ।

नेपालमा हालसम्म कोरोरना संक्रमितको कूल संख्या १९ हजार ७७१ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म १४ हजार ३९९ जना संक्रमण मुक्त भएका छन् भने ५६ जनाको दुःखद् निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*