मकवानपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ श्रावण १६,शुक्रबार १६:३८

काठमाडौं । मकवानपुरका थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् ।

शुक्रवार किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका थप एक जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५१ जना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*