आज बागमतीसहित यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७७ श्रावण १६,शुक्रबार ०९:२३
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रवार प्रदेश नम्बर १, बागमती, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र पूर्वी तराई भू–भाग नजिकै मनसुनी न्यून चापीय प्रभाव रहेकाले शनिबारसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*