गायक कमल के क्षेत्रीको नयाँ म्यूजिक भिडियो सार्वजनिक

तु खबर संवाददाता
२०७७ श्रावण १३,मंगलवार १०:४०

मकवानपुर । चर्चित गायक कमल के क्षेत्रीको नयाँ म्यूजिक भिडियो बजारमा आएको छ ।
‘तिम्रो मनमा’ बोलको रोमान्टीक लभ पप गीत सोमबार उनकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

गीतमा उनकै स्वर, शब्द र संगीत रहेको छ भने गीतलाई सैलेन्द्र बाबु प्रधानले एरेन्ज गरेका हुन् ।

म्यूजिक भिडियोको छायाँकन मकवानपुरका विभिन्न पर्यकटीय क्षेत्रमा गरिएको छ भने भिडियोमा मकवानपुरे कलाकार सदाम हुसेन र रितिसा साहीको अभिनय देख्न सकिन्छ ।

भिडियोको परिकल्पना र निर्देशन तुलाराम थापाले गरेका हुन् ।

भिडियोको सम्पादन आदिल अन्सारीले गरेका हुन् भने लिजल श्रेष्ठले रङ भरेका
छन् ।

गायक क्षेत्रीले यसअघि ‘नाचन’, ‘आइलब यू’, ‘तिम्रै मायाले’ लगायतका दर्जनौँ एल्बम बजारमा ल्याएर चर्चा बटुल्न सफल भएका थिए ।

मकवानपुरे गायक क्षेत्रीले सयभन्दा बढी गीत गाइसकेका छन् ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*