अमेरिकाको डीभी परेको भन्दै ठगी गर्ने दुई महिला पक्राउ

तु खबर संवाददाता
२०७७ श्रावण ११,आईतवार १५:३८
file photo

काठमाडौं । अमेरिकाको डीभी परेको भन्दै ठगी गरेको आरोपमा दुई जना महिला पक्राउ परेका छन् ।

डीभी परेको भनेर अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् ।

उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले ठगी गरेर लुकिछिपी बसेको अवस्थामा बुटवलबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट युवालाई फलो गरेर प्रलोभन देखाइ ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*