एसिड प्रहार गर्ने २ जना पक्राउ, प्रहरीद्वारा सार्वजनिक

तु खबर संवाददाता
२०७७ श्रावण ९,शुक्रबार १५:१२

काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धानको टोलीले गएराति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको लक्ष्मीपुर घर भई डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेका छन् ।

उनीहरुले बिहीबार साँझ करिब ८ बजेतिर स्थानीय युवती पवित्रा कार्कीमाथि एसिड प्रहार गरेका थिए ।

पक्राउ परेका आलम डल्लुमा गार्मेन्ट सञ्चालन गरेर बस्दै आएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडित युवतीकी दिदी सोही गार्मेन्टमा काम गर्दै आएकी थिइन् ।

पीडित युवती पवित्रा कार्कीले पनि केही समय सोही गार्मेन्टमा काम गरेका कारण उनीहरूको पहिलेदेखि चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको अवस्था अहिले खतरामुक्त छिन् । यद्यपि, चोट भने गम्भीर छ । उनको कीर्तिपुरमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*