हेटौँडा भीमफेदी सडकखण्डमा खसेको पहिरो पन्छाइयो

तु खबर संवाददाता
२०७७ श्रावण ९,शुक्रबार ०८:५०

मकवानपुर । अविरल वर्षाका कारण हेटौँडा– भीमफेदी सडकखण्डमा खसेको पहिरो पन्छाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सो सडकखण्ड अन्तरगत भीमफेदी गाउँपालिका वडा नम्वर १ खोप्लाङ्मा गएको पहिरो पन्छाउने काम सकिएको छ ।

पहिरो हटाइएकोले त्रिभुवन राजपथहुँदै उपत्यका जाने बाटो खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*