मकवानपुरको राक्सिराङमा ४५ जना स्वयमसेवक परिचालन

तु खबर संवाददाता
२०७७ श्रावण ६,मंगलवार १३:२५

मकवानपुर । प्राकृतिक विपद् घटनामा उद्दार तथा आवश्यक सहयोग गर्न मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र स्वयमसेवक परिचालन गरेको छ ।

गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सक्रिय रुपमा रहेका युवाहरुलाई प्राकृतिक विपद्को घटनामा उद्दार तथा आवश्यक सहयोग गर्न स्वयमसेवकको रुपमा परिचालन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार, गाउँपालिका भित्रका प्रत्येक वडामा ५ जनाका दरले ४५ जना स्वयमसेवकलाई सोमबार एकदिने प्रशिक्षण दिई वडामा पठाएको हो । राक्सिराङमा ९ वटा वडा रहेको छ ।

स्वयमसेवक युवालार्ई टिर्सट, टर्च लाइट, हाते आरो, स्टेचर, डोरी, बेल्चा, सुरक्षित कपडा, हेलमेटलगायतका सामाग्री गाउँपालिकाले प्रदान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*