सवारी पास दुरुपयोग गर्ने हेटौंडाका घिमिरे प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७७ श्रावण ३,शनिबार १२:५०

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२, पानीघाटबाट सवारी पास दुरुपयोग गरी सवारी चलाउने मकवानपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ४४ वर्षीय प्रेम प्रसाद घिमिरे रहेका छन् ।

घिमिरेलाई मृत्यु तथा दाहसंस्कारको लागि प्रयोग हुने सवारी पाससहित प्रहरीले पक्राउ गरेको हो । उनले प्रयोग गरेको सवारी पास झुटो रहेको प्रहरीको भनाई छ ।

घिमिरेलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले बा ११ च ६३ नम्बरको स्कारपियो गाडीसहित बुधबार पक्राउ गरेको हो ।

घिमिरेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार २२ गते मृत्यु संस्कारको लागि काठमाडौं जाने प्रयोजनार्थ जारी गरेको म्याद सकिएको सवारी पास लिई ६ जना यात्रुहरु राखी चित्लाङ–काठमाडौं शाखा सडक प्रयोग गरी काठमाडौं प्रबेश गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

उक्त गाडीमा सवार यात्रुहरुलाई आवश्यक व्यवस्थापनको लागि सामाखुशीमा रहेको राधास्वामी होल्डिङ सेन्टरमा पठाउनुका साथै चालक घिमिरे उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*