देश भक्ती गीत “मेरो देश नेपाल” भिडियोसहित सार्बजनिक

तु खबर संवाददाता
२०७७ श्रावण १,बिहीबार १८:४२

नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देश भक्ती गीत “मेरो देश नेपाल” भिडियोसहित सार्बजनिक गरिएको छ । निर्देशक बिधान कार्कीको निर्देशनमा तयार भएको बिपतीले हार मान्छ यहाँ “मेरो देश नेपाल” गीतको भिडियोसहित बुधबार सार्वजनिक भएको हो ।

गीतमा ख्यातीप्राप्त गायकगायिकाहरु राजेशपाएल राई, प्रमोद खरेल, राज सिग्देल, अर्जुन पोखरेल, राजु परियार, मेलिना राई, कृष्ण काफले, अनिता चलाउने, बुद्ध लामा, निसान भट्टराई, किरण भुजेल, अस्मिता अधिकारी, प्रबिन बेडवाल र समिक्षा अधिकारी लगायतको स्वर रहेको छ ।

गीतलाई अहिलेका चर्चीत संगिंतकार अर्जुन पोख्ररेलले संगीत भरेका छन् भने अम्बिका शर्माको शब्द रहेको छ । राष्ट्रिय भावाना समेटीएकोे गीतको भिडियोलाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका हुन ।

गीतले राष्ट्रियताको आवाज बोलेको निर्देशक कार्कीले बताए । नेपालीको दैनिकी र यसको सेरफोरो रहेको गीतको भिडियो मार्फत देश र राष्ट्रको माया जगाएको छ ।

निर्देशक कार्की पछिल्लो समयका ब्यस्त म्युजिक भिडियो निर्देशकका रुपमा रहेका छन । गएको महिनामा मात्र उनले करीब ४ वटा भिडियो निर्देशन गरिसकेका छन् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*