नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाद्वारा मास्क तथा सेनिटाइजर हस्तान्तरण

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १८:३९

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले कोरोना सचेतना अभियानअन्तर्गत विभिन्न संघ संस्था तथा मजदुरलाइ सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ ।

उपशाखाले हेटौंडा–४ का अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ ४ सय थान सर्जिकल माक्स, वडा प्रहरी कार्यालय हेटौंडालाई २०० थान सर्जिकल माक्स तथा १ लिटर सेनिटाइजर तथा ४ नं वडा कार्यालयलाई १०० थान सर्जिकल माक्स तथा १ लिटर सेनिटाइजर हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हेटौंडा उपशाखा सभापती शिबहरी दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका कोषाध्यक्ष पिताम्बर बास्तोलाले संयुक्त रुपमा वडाका प्रहरी कार्यालयका निरीक्षक इश्वरी भण्डारी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर राजु आचार्यलाई हस्तान्तरण गरेका थिए ।

कोरोनाको महामारीमा २४ घण्टा आफ्नो कार्यस्थलमा खटिनुपर्ने हुँदा जोखिमलाई न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यले नेपाल प्रहरी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति दाहालले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*