कोरोना अपडेट– संक्रमण मुक्त हुनेको संख्या १० हजार नाघ्यो

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १७:०५

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भई डिस्चार्ज हुनेको कस्ल संख्या १० हजार २९४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुने कूल संख्या १० हजार २९४ जना पुगेको हो ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न २५ वटा प्रयोगशालामा ५ हजार ८५६ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ । जसमध्ये १४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९४५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ३८ जनाको दुःखद् निधन भएको छ । पछिल्लो २४ घण्टामा भने संक्रमणका कारण कुनै पनि व्यक्ति निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*