हेटौंडा प्रगोगशालामा गरिएको परीक्षणमा १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १६:४८

मकवानपुर । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १० जनामा कोरोना भारइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार, हेटौंडा–१० मा रहेको उक्त प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ९ जना र मकवानपुरका एक जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार, नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित व्यक्ति थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९४५ जना पुगेको छ ।

कूल कोरोना संक्रलमितमध्ये हालसम्म १० हजार २९४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् भने हालसम्म ३८ जनाको दुःखद् निधन भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*