मकवानपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ असार २९,सोमबार १६:३६

मकवानपुर । मकवानपुरका थप एक जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जननाएको छ ।

पछिल्लो २४ घण्टामा हेटौंडा–१० स्थित रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । जसमा मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार, नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमित व्यक्ति थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ९४५ जना पुगेको छ ।

कूल कोरोना संक्रलमितमध्ये हालसम्म १० हजार २९४ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् भने हालसम्म ३८ जनाको दुःखद् निधन भएको छ ।

पछिल्लो २४ घण्टामा १ १ हजार ७०५ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*