चन्द्रगिरीबाट मकवानपुरका दुई युवक पक्राउ

तु खबर संवाददाता
२०७७ असार २८,आईतवार १८:११

काठमाडौं । प्रहरीले काठमाडौंबाट भालुको पित्तसहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको चन्द्रगिरि नगरपालिका–८ कल्याणपुरस्थित साउनेपानीबाट भालुको पित्तसहित मकवानपुरको दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर १ बरभञ्याङ बस्ने २७ वर्षीय हरिबहादुर मोक्तान र सोही गाउँपालिका–२ डाँडाखर्क बस्ने २७ वर्षीय रामबहादुर लामा रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको अपराध महाशाखाको टोलीले भालुको पित्त जस्तो देखिने ३५ ग्राम तौलको वस्तुसहित आइतवार पक्राउ गरेको हो ।

उनीहरुलाई करिब २० लाख मुल्यमा बिक्री गर्ने योजनाका साथ हिंँडिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आवश्याक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*