हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका एकसहित दुई जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७७ असार २८,आईतवार १६:४५

मकवानपुर । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको पीसीआर परीक्षणमा मकवानपुरका एकसहित दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएका हुन् ।

आइतवार हेटौंडा–१० स्थित रहेको उक्त प्रयोगशालामा मकवानपुरका एक जना र सिन्धुलीका एक जना गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा जम्मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १६ हजार ८०१ जना पुगेको छ ।

कूल संक्रमितमध्ये हालसम्म ८ हजार ५८९ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने ३८ जनाको दुःखद् निधन भएको छ ।

पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालमा ३ हजार ९१६ जनाको पीसीआर विधिबाट कोरोना नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रनालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*