क्वारेन्टाइनबाट फर्किएको एक सातामै वृद्धले गरे पासो लगाएर आत्महत्या

तु खबर संवाददाता
२०७७ असार २८,आईतवार १५:४४

जनकपुर । बाराको परवानीपुरका एक वृद्धले क्वारेन्टाइनबाट डिस्चार्ज भएर फर्किएको एक सातामै आत्महत्या गरेका छन् ।

क्वारेन्टाइनबाट फर्किएका परवानीपुर गाउँपालिका– ५, बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

राति खाना खाएर आफ्नो घरमा सुतेका महादेव ठाकुर बिहान मृत फेला परेको हो ।

उनी क्वारेन्टाइनमा बस्दा मानसिक रूपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयको अनुमान छ ।

स्थानीयका अनुसार उनले साथीभाइ र आफन्तलाई भेट्दा ‘मलाई कोरोना भइसकेको छ, प्रहरीको गाडी आएर लैजान्छ’ भन्ने गर्दथे । तर, उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*