गण्डकीमा थप १५ जना कोरोना संक्रमित फेला, कुल संख्या ११९२

तु खबर संवाददाता
२०७७ असार २८,आईतवार १३:२३
file-photo

पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गण्डकीमा थप १५ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार, नयाँ संक्रमितमा तनहुँमा ६, पर्वतमा २, बाग्लुङमा २, स्याङ्जामा १, गोरखामा १, लमजुङमा २ र नवलपरासीपूर्व सुस्तामा १ जना रहेका छन् ।

ती नयाँ कोरोना संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै १२ सय पुग्न लागेको छ । प्रदेशमा हालसम्म १ हजार १ सय ९२ जनाको संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*