बागमती प्रदेशका ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६१ जना डिस्चार्ज

तु खबर संवाददाता
२०७७ असार २५,बिहीबार १०:२४

मकवानपुर । बागमती प्रदेशमा बुधबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ७ सय ६जना पुगेको छ ।

बुधबार प्रदेशको विभिन्न जिल्लाका थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ७ सय ६ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएका संक्रमितहरु काठमाडौंका १६, सिन्धुपाल्चोकका १, ललितपुरका ७, मकवानपुरका १, धदिङका १, चितवनका ५, काभ्रेका २, दोलखाका १ र रामेछापका २ जना रहेका छन् ।

कूल संक्रमितमध्ये हालसम्म २६१ जना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार प्रदेशको विभिन्न जिल्लामा थप १८ जना संक्रमण मुक्तभएसँगै २६१ जनाको डिस्चार्ज भएको हो ।

त्यस्तै, प्रदेशमा संक्रमणका कारण ६ जनाको दुःखद् निधन भएको छ ।

बागमती प्रदेशमा हालसम्म ११ हजार ४०१ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापन गरिएकोमा अहिले १ हजार ९५७ जना बस्दै आएको र १ हजार १७० जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

त्यस्तै, १ हजार २९८ वटा आइसोलेशन बेर्ड तयारी अवस्थामा रहेको छ । जसमा ३८० जना बस्दै आएका छन् ।

प्रदेशमा बुधबारसम्म ३४ हजार ३९८ जनाको आरडीटी परीक्षण गरिएकोमा ७८२ जनाको रिपोर्ट पोजेटिभ आएको र १७ हजार ८६७ जनाको पीसीआर विधिबाट कोरोना नमुना परीक्षण गरिएकोमा ७०७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता (कोभिड–१९) पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*