अमेरिकी दूतावास काठमाडौंले दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे जवाफ दिने

तु खबर संवाददाता
२०७७ असार २४,बुधबार ०१:०१

अमेरिकी दूतावास काठमाडौंले नेपालको समय अनुशार भोलि दिउसो ३ बजेदेखि फेसबुकमार्फत भिसाबारे उठेका विभिन्न प्रश्नको जवाफ दिने भएको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कमेन्टमार्फत प्रश्नहरुको जवाफ दिने जनाएको छ ।

सन् २०२० का लागि डिभी लोटरी जितेका तर अहिलेसम्म भिसा नपाएकाहरुले भिसा पाउलान् कि नपाउलान् ? डिभी लगायत आप्रवासी भिसा पाइसकेकाहरु ६ महिनाभित्र अमेरिका आउन नसक्दा भिसा नविकरण कसरी गर्ने ? लगायतका कैयन भिसा सम्बन्धि प्रश्नहरु अहिलेका जल्दावल्दा प्रश्नका रुपमा रहेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बरसम्मका लागि कामदार भिसा र आप्रवासी भिसामा रोक लगाएको अवस्थामा यो भिसा च्याटबाट धेरै प्रश्नको जवाफ आउने अपेक्षा गरिएको छ ।

यदि तपाई पनि प्रश्न सोध्न चाहनुहुन्छ भने अमेरिकी दूतावास काठमाडौंको फेसबुक पेजमा रहेको भिसा च्याट पोष्टमा अँग्रेजीमा कमेन्ट मार्फत प्रश्न सोध्न सक्नुहुनेछ । तपाईका प्रश्नहरुको जवाफ दूतावासका कन्सुलर अधिकारीले दिने दूतावासले जनाएको छ ।

कोरोनाको महामारीका कारण अमेरिकी दूतावास काठमाडौंको नियमित भिसा सेवा बन्द रहेको छ । कहिलेदेखि दूतावासमा कन्सुलर सेवा सुचारु हुनेभन्नेबारे अहिलेसम्म केही बताइएको छैन ।