थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

तु खबर संवाददाता
२०७७ असार २३,मंगलवार १६:२६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो कुरोका जानकारी दिएका हुन् ।

योसँगै संक्रमितको कूल संख्या १६ हजार १६८ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २ लाख ६१ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशको विभिन्न अस्पतालबाट ६ हजार १३१ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै, हालसम्म संक्रमणबाट ३५ जनाको दुःखद् निधन भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १३१ जनासहित हालसम्म २ लाख ६१ हजार ८६१ जनाको कोरोनाको आशंका पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*