रुपन्देहीमा भएको सामुहिक हत्याकाण्डका अभियुक्त जेल चलान

तु खबर संवाददाता
२०७७ असार २२,सोमबार १६:०८

बुटवल । रुपन्देहीको तिलोत्तमा भएको सामुहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलाउन भएका छन् ।

गत जेठ २६ गते तिलोत्तमा १० कान्छिबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फार्ममा ५ जनाको सामुहिक हत्या भएको थियो ।

प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा सोकी फार्ममा काम गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिंजालीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

पक्राउपछि सिंजालीले आफूले नै पाँचै जनाको हत्या गरेको स्वीकार गरेका थिए । उनीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा परेको कर्तव्य ज्यान मुद्दामाथिको बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

आदेशपछि अभियुक्तलाई जिल्ला कारागार भैरहवा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*