अधिवक्ता स्वागत नेपाल गिरफ्तार

तु खबर संवाददाता
२०७७ असार १६,मंगलवार ११:०६

मकवानपुर । स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक एवम् अधिवक्ता स्वागत नेपाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनलाई गिरफ्तार गरी प्रहरी परिषर टेकु लगिँदै छ । के कारणले उनलाई गिरफ्तार गरिएको हो सो बारे थप जानकारी आउन बाँकी छ ।

उनले स्वतन्त्र राष्ट्रिय अभियानमार्फत् नेपालमा एमसीसी पास गर्न नहुने भन्दै आवाज उठाउँदै आएका थिए ।

उनी संगै सो अभियानका १६ जनालाई प्रहरीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

अन्य १५ जनालाई कहाँ राखिएको छ सो बारे केही थाहा नभएको स्वतन्त्र राष्ट्रिय अभियानले जनाएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*