डिभाइन युथ क्लब मकवानपुरको आयोजनामा बृक्षारोपण

तु खबर संवाददाता
२०७७ असार १६,मंगलवार ०९:३९

मकवानपुर । डिभाइन युथ क्लब मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–१७ जुरेथुममा बृक्षारोपण गरिएको छ ।

क्लबले हेटौंडा उपमहानगरलाई फुलैफुलको शहरका रुपमा विकास गर्ने उपमहानगरको योजना सफल बनाउने उद्देश्यले २ सय ५० वटा फुलका विरुवा रोपेको हो ।

बृक्षारोपण कार्यक्रम हेटौंडा–१७ का वडाध्यक्ष भैरब राइको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा जुरेथुम पर्यटन विकास समितीका अध्यक्ष शंकर राउत, स्थानीय बन समितीका पदाधिकारी, डिभाइन युथ क्लबका सदस्यहरु र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*