सवारी दूर्घटनामा परी घाईते भएका मकवानपुरका अनुजको उपचारको क्रममा मृत्यु

तु खबर संवाददाता
२०७७ असार १६,मंगलवार ०९:२५

मकवानपुर । हिजो सोमबार चितवनको नारायणगढ सडकखण्डमा भएको सवारी दूर्घटनामा परी घाईते भएका मकवानपुरका अर्का एक जनाको उपचारको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ निवासी २५ बर्षका अनुज धिताल रहेको चितवन प्रहरीले जनाएको छ ।

अनुजकै आमा ४८ बर्षकी प्रभा गौतमको पनि सोही दूर्घटनामा हिजो बेलुकानै निधन भएको थियो ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा १३ च ५९२९ नम्बरको स्कर्पीयो र विपरीत दिसातर्फ जाँदै गरेको एनएल ०१ क्यु ५१०६ नम्बरको बुलेट एकआपसमा ठोक्किँदा दूर्घटना भएको थियो ।

उक्त स्कर्पीयोमा धिताल परिवारका ४ जना सदस्य सवार थिए । घाइते भएका उनीहरुलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो ।

सोही दुर्घटनामा परी अन्य २ जना घाइते छन् । घाइते हुनेहरुमा मृतक प्रभाकी श्रीमान् ५३ वर्षीय कृण्ण धिताल, छोरी २७ वर्षीया बर्षा धिताल रहेका छन् ।

स्कर्पीयोका चालक ४५ वर्षीय राजन घिमिरे पनि घाइते भएका छन् ।
उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

कृष्ण धिताल गैसस महासंग मकवानपुरका अध्यक्ष समेत हुन् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*