मंगलबारको मौसमः बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७७ असार १६,मंगलवार ०९:२७
file photo

मौसम पुर्वानुमान महाशाखाले मंगलबार आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले मंगलबार बिहान जारी गरेको पूर्वानुमानमा हाल मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ भने देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भइरहेको उल्लेख छ ।

यस्तै, मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, मंगलबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*