हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकसहित ५ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ असार १५,सोमबार १७:०१

मकवानपुर । हेटौंडा–१० स्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा थप जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सोमबार उक्त प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका एक पुरुष, रौतहटका एक पुरुष र बाराका ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा बितेको २४ घण्टामा ४७६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको कूल संख्या १३ हजार २४८ जना पुगेको छ । जसमा १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना रहेका छन् ।

संक्रमितमध्ये हालसम्म ३ हजार १३४ जनाको डिस्चार्ज भएका छन् । सोमबार थप १२१ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३ हजार १३४ जना पुगेको हो ।

त्यस्तै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । बितको २४ मा रौतहटको फतुवा विजयपुर–७ का ३० वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २९ जना पुगेको हो । रौतहटमा संक्रमणबाट पहिलो पटक एक पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष लामो समयदेखि हृदयरोगबाट ग्रसित थिए । उनको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*