कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

तु खबर संवाददाता
२०७७ असार १५,सोमबार १६:४७

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । सोमबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको पुष्टि गरेका हुन् ।

गएराति रौतहटको फतुवा विजयपुर–७ का ३० वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २९ जना पुगेको हो । रौतहटमा संक्रमणबाट पहिलो पटक एक पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष लामो समयदेखि हृदयरोगबाट ग्रसित थिए । उनको उपचारको क्रममा ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७६ जनामा संक्रमण पुष्टि भएसँग संक्रमितको कूल संख्या १३ हजार २४८ जना पुगेको छ । जसमा १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना रहेका छन् ।

संक्रमितमध्ये आज थप १ सय २१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३४ जना पुगेको छ । जसमा महिला २७८ जना र पुरुष २ हजार ८६६ जना रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*