बितेको २४ घण्टामा ११२ जना महिलासहित ४७६ जनामा कोरोना पुष्टि, नाघ्यो १३ हजार

तु खबर संवाददाता
२०७७ असार १५,सोमबार १६:३२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार, ११२ महिला र ३६४ जना पुरुष गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १३ हजार २४८ जना पुगेको छ । जसमा १ हजार ५८६ जना महिला र ११ हजार ६६२ जना रहेका छन् ।

संक्रमितमध्ये आज थप १ सय २१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३४ जना पुगेको छ । जसमा महिला २७८ जना र पुरुष २ हजार ८६६ जना रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*