मनहरी गाउँपालिकाद्वारा ७६ करोड १६ लाखको अनुमानित बजेट सार्वजनिक, स्वास्थ्य क्षेत्र विशेष प्राथमिकतामा

तु खबर संवाददाता
२०७७ असार १०,बुधबार १६:५२

मकवानपुर । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आज बुधबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष मनिला विष्टले अनुमानित बजेट र बार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् ।

उक्त विनियोजित रकम खर्च गर्नको लागि नेपाल सरकार वित्तिय समानिकरणबाट रु १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तिय समानिकरण अनुदानबाट रु १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदानबाट १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदानबाट २ करोड ५४ लाख ५५ हजार, राजश्वको स्रोत बाँडफाँडबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ ।

त्यसैगरी बन रोयल्टीबाट ५० लाख, अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजश्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरीएको छ ।

आगामी आवमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न उच्च प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रका कामहरु गरिने गाउँपालिकाले जनाएको छ ।

आर्थिक, सामाजिक, भौतिक तथा मानविय विकासका गतिविधिहरु सम्पादन गरी मनहरी गाउँपालिकालार्य सक्षम र समृद्ध बनाइने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले आगामी आवमा विशेषगरी कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी, सडक सुधार तथा कालोपत्रे, ग्रामिण विद्युतीकरण, शिक्षा स्वास्थ्य रोजगार जस्ता क्षेत्रमा प्रभावकारी ढंगले काम गर्ने लक्ष्य लिएको छ ।

हेर्नुहोस मनहरी गाउँपालिकाको नीति तथा कार्यक्रम

[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2020/06/नीति-तथा-कार्यक्रम-२०७७।७८-मनहरी-गा-पा-1.pdf” title=”नीति तथा कार्यक्रम २०७७।७८ मनहरी गा पा (1)”]

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*