आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ल्याएको बजेट हावादारी – इन्द्र बानियाँ

तु खबर संवाददाता
२०७७ असार २,मंगलवार १४:४४

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि सार्वजनिक गरेको बजेट हावादारी र महत्वकाँक्षी भएको आरोप लगाएका छन् ।
आज बजेटमाथिको छलफलमा सहभागि हुँदै बानियाँले प्रदेश सरकारको राजश्व उठाउने क्षमता नभएको भन्दै कुनै हालतमा पनि यो बजेट कार्यान्वयन नहुनेमा जोड दिए ।

प्रदेश सरकारले जनतालाई झुक्याएर तथ्य र यथार्थमा आधारीत नभई बजेट ल्याउनु गलत भएको बताए । जनता लकडाउनको चपेटामा परेको अवस्थामा व्यापार, व्यवसाय, रोजगारी सबै ठप्प भएको अवस्थामा राजश्व उठाउन समस्या हुने भन्दै यो बजेट कुनै हालतमा पनि कार्यान्वयन नहुने बताए ।

सरकारको बजेट खर्च गर्ने तागत पनि छैन

प्रदेश सरकारको बजेट खर्च गर्ने तागत समेत नभएको उनको भनाई छ ।

झण्डै आधाआधी बजेट खर्च गर्ने तागत नभएको सरकारले फेरी आगामी आर्थिक बर्षको लागि विश्वास र आशाबादी भन्दा पनि निराशाबादी बजेट बजेट ल्याएर जनता झुक्याएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

बजेटमा केही सकारात्मक पक्षहरु भएपनि त्यसको कार्यान्वयनमा समस्या भएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*