यस वर्ष एसईई परीक्षा नहुने

तु खबर संवाददाता
२०७७ जेष्ठ २९,बिहीबार ०७:५०
फाइल तस्बिर

काठमाडौं । यस वर्ष एसईई परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस वर्ष एसईई परीक्षा नलिने निर्णय गरेको हो ।

बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको एक मन्त्रीले बतायो ।

यस वर्ष विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुनेछ ।

गत चैत ६ गते नै हुनुपर्ने एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*