सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु

तु खबर संवाददाता
२०७७ जेष्ठ २३,शुक्रबार ०८:४७
file photo

सुर्खेत । सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु कोरोनाका कारण भएको पुष्टि भएको छ ।

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पसष्टि भएको हो ।

ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे ।

मृतक युवक यही जेठ ७ गते भारतबाट आएर स्थानीय जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*