घुस रकमसहित सहायक वन अधिकृत रंगेहात पक्राउ
ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रूपैयाँ घुससहित दुई जना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादव रहेका छन् ।
सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ रंगेहात पक्राउ गरेको जनाएको छ ।
दुबै जनालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने आयोगले जनाएको छ ।