नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ जेष्ठ १७,शनिबार १९:०८

दैलेख ।  जिल्लाको दुल्लु नगरपालिका वडा नम्वर ७ मा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीलाई स्रोत बनाएर रातोपाटीले प्रकाशित गरेको समाचार अनुसार मृतक युवकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै जानकारी भने दिएको छैन ।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*