भारतीय मजदुर सीमा नाकामा अलपत्र

तु खबर संवाददाता
२०७७ जेष्ठ १६,शुक्रबार १३:३२

जनकपुरधाम । धनुषाको दक्षिणवर्ती क्षेत्र जटही नाका बन्द गरिएपछि यति बेला भारत जाने २ सय भन्दाबढी मजदुरहरु बिचलीमा परेका छन् ।

गत बुधवार सिमा नाकामा धनुषाका एक युवकको मृत्यु भएपछि विहीवार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजूरी नाका बन्द गरेको थियो ।

नेपालको बिभिन्न स्थानमा मजदूरी गर्दै आएका भारतीय नागरिकहरु आफ्नो देश फर्किन भनेर धनुषाको जटही नाकामा पुगेका छन् तर नाका बाट भारतीय सीमा सुरक्षा बलले भारत छिर्न नदिई नेपालतर्फ फर्कारहेका छन् ।

नेपालका इटा भट्टामा कार्यरत भारतीय नागरिकहरु आफ्नो देश फर्किन खोजेका भएपनि पाएका छैनन् । भारतीय सिमा सुरक्षा बलले कुटपिट समेत गरेको उनीहरुले बताएका छन् ।

धनुषा जिल्ला प्रशासन कार्यालयले भने यसअघि नै जटही र खजूरी नाका बन्द गरिसकिएको जानकारी दिएको छ । कार्यालयका अनुसार, महोत्तरी र सिरहाका नाका प्रयोग गरी भारत तर्फ जान सकिने छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*