संक्रमितलाई आइसोलेशनमा लैजान खोज्दा १२ राउण्ड हवाइफायर

तु खबर संवाददाता
२०७७ जेष्ठ १६,शुक्रबार १२:५३

रौतहट । कोरोना भाइरस संक्रमितलाई लिन पुगेको स्वास्थ्यकर्मी र प्रहरीको टोलीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले १२ राउण्ड हवाइफायर गरेको छ । जसका कारण इशनाथ नगरपालिकामा तनाव भएको छ ।

इशनाथ नगरपालिका वडा नं. ७ स्थित एक मदरसामा तयार गरिएको क्वारेन्टाइनबाट २ जनालाई आइसोलेशनमा लैजाने क्रममा विवाद भएको हो ।

सो क्वारेन्टाइनबाट आइसोलेशनमा लैजान खोज्दा त्यही राख्नुपर्ने भन्दै स्थानीयले दवाव दिएपछि विवाद भएको हो । जसका कारण प्रहरीले १२ राउण्ड हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*