आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैँयाको बजेट सार्वजनिक

तु खबर संवाददाता
२०७७ जेष्ठ १५,बिहीबार १८:४९

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट आज सार्वजनिक गरेको छ ।

बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आवको बजेटको आकार घटेको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उनले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*